स्वास्थ्यसुचनाMonday, Dec 23, 2024

सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने

स्वास्थ्यसुचनास्वास्थ्यसुचना

dda_20190329123906.jpg

काठमाडौं - आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मार्फत सरकारले औषधि व्यवस्था विभाग खारेज गरेर अर्को शक्तिशाली प्राधिकरण स्थापना गर्ने भएको छ ।

विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था राष्ट्रिय खाद्य तथा औषधि प्राधिकरण (एनएफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त प्राधिकरण मार्फत औषधि तथा औषधीजन्य सामाग्रीहरु, सम्बन्धित औजार, उपकरण लगायत स्वास्थ्य उपचारका क्रममा प्रयोगमा आउने सर्जिकल तथा इलेक्ट्रिक सामानहरु, सौन्दर्य संशाधन, खाद्यन्न, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटीकल्स लगायतका स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु समेतको गुणस्तर जाँच तथा नियम गरिने छ ।

हाल नेपालमा औषधि र खाद्य सामग्री हेर्ने निकाय फरकफरक छन ।

औषधि व्यवस्था विभागले हाल चिकित्सकिय प्रयोगमा आउने उपकरण, इलेक्ट्रिक सामान लगायतका सामग्रीको गुणस्तर जाँच गर्ने र नियमन गर्ने काम गर्न सकेको छैन। जसको लागि औषधि ऐन २०३५ सम्सोधन गर्ने तयारी थियो । साथै लामो समयदेखि स्वायत्त खाद्य तथा औषधि प्राधिकरण स्थापनाको चर्चा समेत हुँदै आएको थियो ।

सरकारले निति तथा कार्यक्रम मार्फत यो निर्णय गरे पनि यसको पूर्ण कार्यन्वयन गर्न भने हाल चुनौतिपूर्ण देखिन्छ ।