स्वास्थ्यसुचनाMonday, Dec 23, 2024

त्रि.वि. शिक्षण अस्पताल फार्मेसीमा आधा मुल्यमै औषधी

स्वास्थ्यसुचनास्वास्थ्यसुचना

हाल बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना संक्रमणले नियमित औषधि सेवन गर्ने र दिर्घ रोगिका बिरामी पनि मारमा परेका देखिन्छन। मुटु, उच्छ रक्तचाप, मधुमेह, मृगौलाका बिरामी, थाइराइड, क्यान्सर लगाएतका बिरामिले नियमित स्वास्थ्य जाचका साथसथै नियमित औषधि पनि सेवन गर्नु पर्ने हुन्छ। एकातर्फ आफुले गराउनुपर्ने नियमित स्वास्थ्य जाँच गराउन नपाउदा चिन्ता त छदै छ अर्को तर्फ औषधि नपाउने, औषधि किन्न पर्‍याप्त पैसा नहुने समस्या पनि उत्तिकै छ।

तर यस्तो बेलाम महाराजगन्ज स्थित त्रिभुवन बिश्वबिद्यलय शिक्षण अस्पताल हाताभित्र रहेमो टिचिङ अस्पताल ९९ न फार्मेसी र मनमोहन कार्डियो भित्र रहेको फार्मेसी बिरामिहरुको लागि ठुलो राहत हुन सक्छ। टिचिङ अस्पताल टिकट काउन्टर बाट भित्र छिर्ने बित्तिकै को ९९ न र मनमोहन कार्डियाक को मुल ढोका बाट भित्र छिर्ने बित्तिकै देखिने यी दुई औषधि पसलबाट (फार्मेसी) बिरामी हरुले सर्बशुलभ मुल्यमा औषधि किन्न पाउछन।

२४ घण्टा नै खुल्ने रहने यी फार्मेसीहरु अस्पताल आफैले संचालन गरेकाले नै बिरामी हरुले सर्भसुलभमा औषधि खरिद गर्न पाएका हुन। त्यासोत केही बर्ष अघि सम्म टिचिङ फार्मेसी औषधि पाइन्न थ्यो भने मनमोहन अस्पताल सुरुभएको एक दशक हुँदै छ।

अस्पताल फार्मेसिमा औषधि सस्तो हुने गरेकोले कतिपय समयमा वाहिरका व्यापारी आयर फार्मेसिबाट औषधि किन्ने गरेको र बिरामीलाई महङ्गोमा बेच्ने समस्या आएको हुनाले बिना पुर्जी औषधि बिक्रीबितरण नगरेको हुनाले सबै बिरमिले औषधि किन्न जादा डाकटरले लेखेकी पुर्जा भने अनिवार्य बोक्नुपर्छ।

सिटामोल र जिबनजल समेत नपाइने टिचीङ अस्पतालको फार्मेसिमा अहिले धेरै प्रकारका औषधिहरु पाइन्छ। फार्मेसिमा कार्यरत फार्मासिष्ट हरुको अथक मेहेनत, प्रशासनले फार्मेसीलाई हेर्ने दृष्टिकोण परिबर्तन हुँदै जानूले नै अहिलेको स्थितिमा आइपुग्न सकेको बताउनुहुन्छ त्री बि शिक्षण अस्पताल फार्मेसी बिभाग प्रमुख सुनिता रन्जित। तर यतिमै खुसी हुन सक्ने अवस्था चाहिँ नभएको र अझै पनि धेरै गर्न बाकी रहेको बताउनुहुन्छ अस्पतालको सिनियर फार्मासिष्ट समेत रहनुभएकि रन्जित।

अस्पताल फार्मेसिमा हरेक समयजसो औषधि किन्नेको लाइन लागिरहेको हुन्छ। बिहान, दिउँसो या साझ जुनसुकै समयमा पनि बिरामिले लाइनमै बसेर औषधि किनिरहेका हुन्छ्न। तिनै मध्यका एक हुन करिब तीन बर्ष अघि मृगौला प्रत्यारोपण पश्चात् सेवन गर्नुपर्ने औषधि सेवन गर्दै आइरहेका काठमाडौ बालुवाटर निवासी गोबिन्द (नाम परिबर्तन) लाइन बस्नुको सट्टा किन बाहिरको फार्मेसी बाट नकिन्नुभएको भन्ने हाम्रो प्रश्नमा यहाँ बाहिरभन्दा धेरै सस्तोमा औषधि पाइन्छनै तर अर्को कुरा बाहिरको फार्मेसिमा आफुले सेवन गर्ने औषधिको गुणस्तरमा समेत बिश्वास नभएको हुनाले डाक्टरको सल्लाहमा आफुले तीन बर्ष देखिनै यहि अस्पताल फार्मेसी बाट मात्र किन्ने गरेको उनी बताउँछ। तर यति भन्दै गर्दा बेला बेला अस्पताल फार्मेसिमा आफुले सेवन गर्ने औषधि सकिदा चाहिँ आफुले धेरै दुख पाएकोले आगामी दिनमा त्यस्तो नहोस समेत भन्न भ्याए।

उसोत अस्पताल फार्मेसि निर्देशिका २०७२, सम्मानित सर्बोच्च अदालतको आदेशको अबज्ञा गर्दै संचालन अनुमती पाएका अस्पताल हाता भित्रको निजि फार्मेसि हटाउने हो भने मात्रै पनि धेरै सुधार गर्न सकिने नाम नबताउने सर्तमा फार्मेसी डिस्पेन्सरी युनिटमा कार्यरत एकजना फार्मासिष्ट।

सर्बोच्छ अदालतको आदेश पश्चात् सरकारले देशै भरिका अस्पताल हाताभित्र संचालित निजि फार्मेसी बिस्थापित गरि सिड मनि समेत प्रदान फार्मेसी संचालन गरिरहदा यो अस्पतालमा भने अझै पनि पहुचका आधारमा निजि फार्मेसी हरु अस्पताल हाता भित्र निर्बाध संचालन भैरहेका छन।

यकातिर अझै पनि पुर्ण रुपमा औषधि पाउन नसकेको आमस्या त छदैछ भने अर्को तर्फ निजि रुपमा निर्बाद संचालित फार्मेसिको चपेटाको बाबजुद पनि राम्रै गर्दै आएको यी फार्मेसीहरुलाइ अझै ब्यवस्थित गर्न सके अझै धेरै बिरामिले सस्तोमा औषधीए किन्न पाउने थिए।