स्वास्थ्यसुचनाMonday, Dec 23, 2024

‘उदयपुरमा जमातीले होइन, जमातीलाई कोरोना सारिएको रहेछ’

स्वास्थ्यसुचनास्वास्थ्यसुचना

१९ वैशाख, काठमाडौं । वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए ।

उनीहरूको सम्पर्कमा आएका ६८ जनाको थ्रोट स्वाब संकलन गरेर जाँच गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भयो

हामी एक साताअघि कोरोनाको हटस्पट बनेको उदयपुरको भुल्के भन्ने ठाउँमा पुगेका थियौँ । त्यहाँ गएर हामीले सुरुमा स्थानीय जनप्रतिनिधि र त्यहाँका अगुवाहरूलाई भेटेर छलफल गर्‍यौं । लगत्तै संक्रमितको नजिक रहेका मानिसहरूको पनि खोजी गर्न थाल्यौँ । त्यसको लागि हामीले स्थानीय अगुवाहरूलाई सहयोग गर्न अनुरोध गर्‍यौं । सुरुमा उहाँहरू डराउनु भएको थियो तर हामीले कन्भिन्स गर्‍यौँ । हामीलाई स्थानीय स्वास्थ्यकर्मीले पनि सघाए ।