स्वास्थ्यसुचना
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना रोग का कारण नेपालमा पनि अनिक्षित गर्भधारणमा बृद्धी भएको छ।
स्वास्थ सुचना पत्रिकाले गरेको सर्वेक्षणमा यस्तो कुरा देखिएको हो। बानेश्वर परिसरमा रहेको फार्मेसी सञ्चालक भन्नहुन्छ “लकडाउन सुरु भएदेखी एवर्सनको माग उच्च रहेको छ। पहिला छिट्ट फुट्ट मात्र माग हुने औषधी अहिले दिनमै ५—७ वटाको माग रहेको उनले बताए।”
यस बाट पनि के पुष्टि हुन्छ भने लकडाउन ले गर्दा गर्भधारण को सङ्ख्यामा बृद्धी भएको अनुमान लगाउन सकिन्छ।
जनस्वास्थ्य विज्ञ कलनाथ थपलिया यसको असर लकडाउन खुलेको ६ महिना सम्म देखिने बताउनुहुन्छ।
खालि समय धेरै हुनु, अस्थाई साधनको पहुँच कम हुनु आदि कारणहरु मुख्य रहेका छन।
नेपालमा एवर्सन गर्ने औषधिको खुल्ला बिक्रि वितरणमा रोक लगाइएको भएपनि लिकुछिपि यस्तो औषधिको कारोबार भने उच्च छ। रजिस्टर्ड संस्था बाहेकको ठाउँ बाट एवर्सन गर्न नपाउने नियम भएता पानि एवर्सन को प्रक्रिया झन जटिलो र मानिसहरु यस्तो कुरा गोप्य चाहने भएकोले पनि सामुदायिक फार्मेसीहरुमा खुलेआम यस्तो औषधिको माग उच्च रहेको छ। यस्ले गर्दा महिलाको स्वास्थ्यमा निकै नै जोखिम बढ्ने गरेको छ।
सुरक्षित बनाउन के गर्ने त? अहिले नेपाल सरकार द्वारा जोखिम न्यूनिकरण गर्न भन्दै एवर्सन गर्ने संस्थाको न्युनतम मापदण्ड तोकेर स्वास्थ्य संस्थाहरुलाई अनुमति दिँदै आएको छ र त्यस्ता संस्थाहरुमा प्रक्रियागत झन्झटिलो र हिडन कष्ट बढि हुने हुनाले एक पटक त्यस्तो संस्था गएको ब्यक्ति दोहोराएर जान चाँहदैन। अहिले फार्मासिस्टले चिकित्सकको सिफारिस बिना यस्तो औषधि विक्रि वितरण गर्न पाँउदैनन तर यस्ता ठषधिको विक्रिमा कमि नआएको बताउनु हुन्छ औडधिको होलसेल ब्यबसायि अनिल विश्वकर्मा।
तत्कालिन अवस्थामा यस प्रकार को कार्यलाई सुरक्षित बनाउन सामुदायिक फर्मासिस्टलाई यस सम्बन्धि छोँटो समयको तालिम दिएर यसलाई सुरक्षित बनाउन सकिन्छ भन्नुहुन्छ क्लिनिकल फर्मासिस्ट राजेश श्रेष्ठ।